बीआरआई फोरममा के भने पुटिनले ?

काठमाडौं । गएको वर्षको पूर्वार्द्धमा युक्रेनमा आक्रमण गरेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार अन्तर्राष्ट्रिय मञ्चमा देखा परे । चीनको राजधानी बेइजिङमा तेस्रो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ फोरममा उनी प्रमुख अतिथिका रूपमा आएका हुन् ।
उद्घाटन समारोहमा पुटिनले पूर्व र पश्चिमबीच व्यापार वृद्धिको सम्भाव्यतामा जोड दिए । उनले विश्वका अन्य देशलाई समेत नर्दन सी रुटको विकासमा सहभागी हुन निम्तो दिए । कार्यक्रममा विश्वभरका १४० देशका झन्डै १ हजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पुटिनले सीकै भनाइमा एकमत जनाउँदै बीआरआईको अवधारणा विश्वव्यापी सहकार्य बढाउने बहुपक्षीय प्रयास बताए । ‘रुसको युरोपेली हिस्सामा हामीले अन्तर्राष्ट्रिय नर्थ–साउथ कोरिडोर बनाएका छौँ । यसले बाल्टिक र आर्कटिकमा रहेका रुसी बन्दरगाहहरूलाई पर्सियन खाडी र हिन्द महासागरमा रहेका बन्दरगाहसँग जोड्छ,’ उनको तयारी भाषणको गुगल ट्रान्सलेशनमा भनिएको थियो ।
रुसले विदेशी साझेदारहरूसँग मिलेर मध्य सर्बियाबाट चीन, मंगोलिया अनि हिन्द महासागर र प्रशान्त महासागरमा रहेका बन्दरगाहतिर जाने रेलमार्ग पनि बनाइरहेको छ । रुस क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठुलो देश भएकोले पनि सबै साझेदारसँगको कनेक्टिभिटी जरुरी र सान्दर्भिक रहेको उनको भनाई थियो ।
नर्दन सी रुटमा बीआरआईमार्फत विश्वव्यापी लगानी भित्र्याएकोमा पुटिनले सीको प्रशंसा पनि गरे । नर्थ–साउथ कोरिडोरको सफल निर्माणले रुसलाई विश्व व्यापार र एसिया र युरोपबिचको सञ्चारमा महत्त्वपूर्ण योगदान दिने अमेरिकी पत्रिका फरेन पोलिसीको विश्लेषण छ ।
‘वन बेल्ट, वन रोड इनिशियटिभ’ स्वतन्त्र व्यापार, लगानी र श्रम सुनिश्चित गर्न सकिने इन्टिग्रेशन सर्किट बनाउने रुसको अवधारणासँग मिल्दो भएको पुटिनको भनाई छ । बुधबार पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए ।
यो बीआरआई सम्मेलनको तेस्रो संस्करण हो । यसअघि सन् २०१७ र सन् २०१९ मा भएको सम्मेलनमा पनि पुटिन सहभागी हुन आएका थिए । पुटिनको सम्बोधन सुरु हुन अघि युरोपेली प्रतिनिधि मण्डल सम्मेलन स्थलबाट बाहिरिएका थिए । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष