वार्षिक १ डलरवाला सब्सक्रिप्शन परीक्षण गर्दै एक्स
बुधबार, ०१ कात्तिक २०८०, ११ : २१

काठमाडौँ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले नयाँ सब्सक्रिप्शन मोडल परीक्षण गर्ने भएको छ । यसमा वार्षिक १ डलर मात्रै लिएर प्रयोगकर्ताहरूलाई सामान्य फिचर चलाउन दिइनेछ ।
नयाँ सब्सक्रिप्शनलाई ‘नट अ बोट’ नाम दिइएको छ । यसमा प्रयोगकर्ताहरूलाई लाइक, रिपोष्ट र अरू एकाउन्टको पोटलाई कोट गर्न र पोष्टलाई बूकमार्क गर्न दिइनेछ । बोट र स्प्यामरहरुविरुद्ध लड्न नयाँ सब्सक्रिप्शन मोडल ल्याइएको कम्पनीले बताएको छ । डलरको विनिमय दर अनुसार देशैपिच्छे यो दर फरक हुने बताइएको छ ।
अहिलेका लागि भने सुरुमा यो मोडल न्युजिल्यान्ड र फिलिपिन्समा उपलब्ध गराइनेछ । यस परीक्षणमा विद्यमान प्रयोगकर्ताहरू प्रभावित हुने छैनन् । तर यो सब्सक्रिप्शन लिने नयाँ प्रयोगकर्ताहरुले पोष्टहरु हेर्न र पढ्न, भिडियो हेर्न र एकाउन्टहरू फलो गर्न मात्रै पाउनेछन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’