कोरला नाका निरीक्षण गर्न पुगे प्रधानमन्त्री प्रचण्ड
बुधबार, ०१ कात्तिक २०८०, ०८ : ३२

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाकाऽ मुक्तिनाथ र कागबेनीकाे निरीक्षण गरेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।
उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्। कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।
गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । मुस्ताङ रेन स्याडो जोन हो । तर आजभोलि वर्षा धेरै हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
-
बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र