माछापुच्छ्रे गाउँपालिकामा खादा पूर्ण निषेध, स्थानीय उत्पादन मात्रै प्रयोग गर्न पाइने
बुधबार, ०१ कात्तिक २०८०, ०७ : ५७

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले खादा प्रयोगलाई पूर्ण: निषेध गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त व्यवस्था गरेको पालिकाले मंगलबार एक सूचना जारी गरी कडाइका साथ खादा प्रयोगलाई निषेध गर्न उर्दी जारी गरेको छ ।
‘यसपालिका भित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा, गोष्ठी, बैठक आदीमा अतिथि सत्कार गर्दा पालिकाभित्र उत्पादन हुने फूल र अन्य वैकल्पिक सत्कारका बस्तु प्रयोग गर्नुहोला,’ अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘खादा प्रयोग अब पालिकाको तर्फबाट पनि हुँदैन, नागरिकलाई पनि गर्न दिइन्न ।’
खादा प्रयोग निरुत्साहित गर्दा पालिकामा स्थानीय उत्पादनको खपत बढ्ने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मःम बनाउने कारखानामा कुकुरको टाउको भेटिएपछि...
-
नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता
-
चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन