मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबार, ०१ कात्तिक २०८०, ०६ : १०

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा विचित्र गुफा
-
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै
-
रविको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सोमबार
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा