मेरा एजेन्डा सबै राजनीतिक दलहरूले स्वीकारेका छन्ः आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेन्डाहरूलाई सबै राजनीतिक दलहरूले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेन्डा बोकेकै कारणले सद्भाव भने सबैको रहेको प्रष्ट पारे ।
‘मेरा एजेन्डा सबै राजनीतिक दलहरूले स्वीकारेका एजेण्डा हुन्’, मंगलबार राति विश्वभरका मतदातासँग आयोजित परिचयात्मक जुम बैठकमा उनले भने, ‘म कुनै पनि राजनीतिक दलको समर्थनमा आएको होइन । म सक्रिय राजनीतिक कार्यकर्ता पनि होइन ।’
उनले एनआरएनएको हितका लागि आफूले विगतमा सबै राजनीतिक दलहरूसँग सहकार्य गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट गरे । उनले भने, ‘म गैरआवासीय नेपाली संघको कार्यकर्ता हो । गैरआवासीय नेपालीको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँछु । यसका लागि सबैसँग स्वाभाविक रूपमा सहकार्य हुन्छ र त्यो आवश्यक पनि छ ।’ उनले आफू आगामी कार्यकालका लागि निर्वाचित हुने विश्वास व्यक्त गर्दै विजय भइसकेपछि कसरी कार्यसम्पादन गर्ने भनेर फेरि सबैसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।
संस्थाको रूपान्तरण र एकता आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै शर्माले श्रमिकको समस्या समाधानदेखि एनआरएनएका चासोका सबै मुद्दाहरू सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । आफूले २४ महिनामा गर्ने २४ बाचा यसअघि नै सार्वजनिक गर्ने भन्दै त्यसमा मध्यपूर्वदेखि युरोप अमेरिकासम्मका सबै एनआरएनएको सरोकार र विषय समेटिएको उनको भनाइ छ ।
आरके शर्मा टिमका अभियन्ता र विश्वभरका एनआरएनए अभियन्ता तथा डेलिगेट्सबीच जुममार्फत छलफल कार्यक्रम सञ्चालनका क्रममा सहभागीहरूले आरकेको पक्षमा विश्वभर माहौल रहेको भन्दै जितको शुभकामना दिएका थिए । सो कार्यक्रममा अध्यक्षका उम्मेदवार आरके शर्मासहित उपाध्यक्षका उम्मेदवार राज रेग्मी, खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ, विजय मोक्तान, शशीकान्त पौडेल, अभिमानसिंह बस्नेत, युवा उपाध्यक्षका उम्मेदवार अब्दुल बासिद, उपमहासचिवका उम्मेदवार प्रवीन गुरुङ, सचिवका उम्मेदवार टंक गैरे, लोक दाहाल, मनोज गोर्खाली, रामसी पोखरेल, कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुङ्गाना, सहकोषाध्यक्षका उम्मेदवार कृष्ण तिमल्सिना, तिष्णा काफ्ले शर्मा महिला संयोजककी उम्मेदवार देवकी खत्री गुरुङलगातयतलाई परिचय गराइएको थियो । यस्तै सबै उम्मेदवारलाई विजयको शुभकामना पनि दिइएको थियो ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार खगेन्द्र न्यौपानेले आरकेले सार्वजनिक गरेको २४ महिनाका २४ बाचापत्रलाई समर्थन गर्दै त्यसको कार्यान्वयनमा आफू लाग्ने बताए । उनले खाडीको समस्या आफूले राम्ररी बुझेको भन्दै मलेसियादेखि विभिन्न स्थानमा सेल्टर हाउसको व्यवस्था गर्न पहल गर्ने बताए ।
यस्तै उपाध्यक्षकै अर्का उम्मेदवार रोविन्द्र श्रेष्ठले आफू काममा विश्वास गर्ने व्यक्ति भएको भन्दै एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा पनि रहेको बताए । यस्तै उपाध्यक्षकै अर्का उम्मेदवार राजु रेग्मीले आफूसहित सबैलाई विजयी गराउन हुन अनुरोध गर्दै आफूहरु एनआरएनएलाई अझ सशक्त बनाउन प्रतिबद्ध रहेको बताए ।
यस्तै युवा उपाध्यक्षका उम्मेदवार अब्दुल बासिदले अब देशमा लगानी भित्र्याएर परिवर्तन ल्याउन तथा युवाहरूको स्टार्टअपहरुमा प्रोत्साहन गर्नेगरी नीति ल्याउन आफूले संघमा पहल गर्ने बताए ।
उपमहासचिव पदका उम्मेदवार प्रवीण गुरुङ, सचिव पदका लोक दाहाल, मनोज गोर्खालीलगायत सबैजसो उम्मेदवारहरुले आफ्नो टीमको माहौल दिनहुँ राम्रो गएको भन्दै यो पटक मध्यपूर्वको नेतृत्वमा एनआरएनएको टिम निर्माण सबैको साथ मिलिरहेको र थप सहयोग रहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म