विश्वकप छनोट फुटबल : लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा
काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । नेपाली टोली मंगलबार खेलिएको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।
नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निणर्ायक गोल गरेका हुन् ।
यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
-
इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्रीले लिइन् जानकारी, आवश्यक सहयोग गर्न निर्देशन
-
कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’
-
टी–२० महिला विश्वकप : भारतसँग हार्यो पाकिस्तान
-
नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन
-
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै