कांग्रेस सांसद बजगाईँले गरे गोरखाको साम्दोबाट तीन जनाको उद्धार
मङ्गलबार, ३० असोज २०८०, १७ : ४१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गोरखाको साम्दोबाट तीन जनाको उद्धार गरेका छन् ।
गोरखा १ का सांसद बजगाईँले मंगलबार एक जना बिरामी र दुई जना सहयोगीलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएका हुन् ।
बसन्त घिमिरे, कपिल घिमिरे र सुवोध अर्याललाई उद्धार गरिएको सांसद बजगाईँले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई एअर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
चुमनुब्री गाउँपालिका सामागाउँस्थित साम्दो निषेधित क्षेत्रमा पर्छ। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको बजगाईँको भनाइ छ । उनले यसअघि पनि त्यस क्षेत्रका बिरामीको उद्धार गर्दै आएका छन् ।