मोफसलका दर्शकसँगै ‘परदेशी २’ हेर्न पुगे फिल्मका कलाकार

काठमाडौँ । दसैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले राम्रो दर्शक पाइरहेको छ । काठमाडौँ उपत्यकाको अलवा देशभरका हलमा फिल्मले राम्रो दर्शक पाएको छ ।
फिल्मको सार्वजनिक प्रदर्शनसँगै उपत्यकाको हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको निर्माण टिम अहिले मोफसल यात्रामा छ । अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटीले मोफसलमा विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।
प्रतिक्रियाको क्रममा दर्शक भेट्ने, सेल्फी खिच्नेदेखि हलमै दर्शकसँग बसेर फिल्म हेर्नसम्म गरिरहेका छन् । मोफसलका दर्शक भेट्दा आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।
प्रकाश, केकी र वर्षा सोमवार चितवन, बुटवल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका छन् । मङ्गलवार नेपालगन्ज र पोखरा पुगेर उनीहरू काठमाडौँ फर्किनेछन् । दर्शक प्रतिक्रियामा फिल्मको राम्रो प्रतिक्रिया पाएको कलाकार वर्षा सिवाकोटीले बताइन् ।
‘परदेशी २’ नारायण रायमाझीले निर्देशन गरेका हुन् । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
विदेश अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई फिल्ममा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन