घट्यो सुनचाँदीको मूल्य
मङ्गलबार, ३० असोज २०८०, ११ : ४३

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको छ । आज तोलामा १५ रुपैयाँले घटेको चाँदी हिजो सोमबार १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)