इजरायलबाट बन्धक बनाएकाको भिडियो पहिलोपटक सार्वजनिक

गाजा । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेकाहरूको भिडियो सार्वजनिक गरेको छ। अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो।
हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम भएको, आफू २१ वर्षको र इजरायलको शोहम सहरको बासिन्दा रहेको बताएकी छिन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनको भनाई छ । उनले भिडियोमा आफ्नो रिहाइको लागि अपिल गरेकी छन् ।
भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ। एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ। सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौँ।’
बीबीसीले सामान्यतया बन्धकहरूको फोटो वा भिडियोहरू प्रसारण गर्दैन, तर माया शेमको परिवारले फोटोहरू देखाउन सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह