गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै
![गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै](https://npcdn.ratopati.com/media/news/357cfb7e-6395-49bb-9c11-1d9d1c4bf986_4cqUWErnSS.jpg)
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्।
ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो ।ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए । उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् । नेतान्याहुको निमन्त्रणामा बाइडेनले इजरायलको भ्रमण गर्न लागेको बताइएको छ ।
नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले केही समय अघि पत्रकार सम्मेलनमा बाइडेनको भ्रमणको मुख्य लक्ष्य इजरायलसँग अमेरिकाको ऐक्यबद्धता व्यक्त गर्नु र गाजाका नागरिकहरूलाई सहयोग प्रदान गर्नु भएको बताएका थिए । किर्बीले भने, ‘राष्ट्रपति बाइडेनले मानवीय सहायताको मुद्दामा छलफल गर्नेछन् ।’
यस बाहेक गाजा छोड्न चाहने आम जनताका लागि सुरक्षित मार्ग तयार गर्ने विषयमा छलफल हुने बताइएको छ ।
बाइडेन इजरायल भ्रमणपछि जोर्डन जानेछन् । उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अल–सिसी र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग भेट गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : अध्यक्ष प्रचण्ड
-
रवि लामिछानेबारे चार जिल्ला अदालतको समान निष्कर्ष
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन