विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी नोलान

काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप पाकिस्तान, भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको थियो । त्यो विश्वकपमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । नेदरल्यान्ड्सले पनि त्यो विश्वकप खेल्ने अवसर पाएको थियो ।
यद्दपि, नेदरल्यान्ड्स प्रतियोगिताको नकआउट चरणमा पुग्न असफल भएको थियो । समूहगत चरणको आफूले खेलेको पाँचवटै खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । तर, त्यो विश्वकपमा नेदरल्यान्ड्सका एक खेलाडीले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।
त्यो विश्वकपमा न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान नोलान क्लार्कको उमेर ४७ वर्ष दुई सय ५७ दिन पुगेको थियो । त्यतिबेला उनी सबैभन्दा बढी उमेरमा एकदिवसीय विश्वकप खेल्ने खेलाडी बनेका थिए । उनको नाममा रहेको त्यो कीर्तिमान अहिलेसम्म पनि कायमै छ ।
त्यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमान जोन ट्राइकोसको नाममा थियो । इजिप्टमा जन्मिएका उनले दक्षिण अफ्रिका र जिम्बाबेका लागि क्रिकेट खेलेका थिए । उनले सन् १९८३ मा जिम्मेबावेका लागि विश्वकप खेलेका थिए । त्यो विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा उनको उमेर ४४ वर्ष तीन सय ६ दिन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित