लेबनानमा नयाँ युद्ध मोर्चा ‘कसैको हितमा छैन’ : प्रधानमन्त्री मिकाती

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सोमबार दक्षिणी लेबनानमा युद्धमोर्चा खोल्नु कसैको हितमा नभएको बताउँदै लेबनानको स्थायित्व सुनिश्चित गर्न आफू विभिन्न स्थानीय दल र अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्कमा रहेको बताएका छन् ।
“दक्षिणी लेबनानबाट मोर्चा खोल्नु कसैको चासोको विषय होइन किनभने लेबनानीहरूले नयाँ युद्धको परिणाम सहन सक्दैनन्,” प्रधानमन्त्री मिकातीलाई उद्धृत गर्दै लेबनानी मन्त्रिपरिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मिकातीले आफ्नो मन्त्रीपरिषद्ले शान्तिका लागि काम गरिरहेको र युद्धमा जाने निर्णय इजरायलको हातमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको उक्साहट रोक्न दबाब दिन आह्वान गरे ।
उनले लेबनानका राजनीतिक दलहरूलाई गणतन्त्रका लागि नयाँ राष्ट्रपति चयन गर्न र नयाँ मन्त्रिमण्डल गठन गर्न एकजुट हुन आह्वान गरे । यसले देशको विभिन्न सङ्कटहरू समाधान गर्न र गाजामा युद्धको परिणामहरूको सामना गर्न सक्षम बनाउन सकोस् ।
हिजबुल्लाहले अक्टोबर ७ मा हमासले सुरु गरेको ‘अपरेसन अल–अक्सा फ्लड’को समर्थनमा शेबा फार्ममा रहेको सैन्य स्थलतर्फ अक्टोबर ८ मा दशौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा स्थिति तनावपूर्ण बनेको थियो ।
लेबनान र इजरायलबीच विगत एक हप्तादेखि गोली हानाहान जारी छ र स्थानीय अधिकारीहरूले लेबनानलाई युद्धबाट जोगाउन सीमामा स्थिरताको लागि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी