मधेस प्रदेश प्रमुखसमक्ष जनलोकपाल आयोगको वार्षिक प्रतिवेदन पेस
सोमबार, २९ असोज २०८०, २२ : ४०
महेन्द्रनगर । मधेस प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९–८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।
‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए । प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट ३२ वटा उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेका छन् ।
सो अवसरमा जनलोकपाल सदस्य राजकिशोरप्रसाद साह, शोभाकुमारी महतो, कार्यालय प्रमुख जयकुमार राउत, प्रशासन प्रमुख जीतेन्द्र यादवलगायतका कर्मचारी उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता