श्रीलङ्काको नाटकीय पतनपछि अस्ट्रेलियाको पहिलो जीत

लखनउ । अस्ट्रेलियाले श्रीलङ्कालाई ५ विकेटले हराउँदै भारतमा जारी एकदिवसीय विश्वकपमा पहिलो जीत हासिल गरेको छ । श्रीलङ्काले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर ८८ बल अगावै पछ्यायो ।
अस्ट्रेलियाका लागि जोस इङ्लिसले सर्वाधिक ५८ रन को योगदान दिए । त्यस्तै ओपनर मिचेल मार्सले ५२ तथा मार्नस लाबुस्चेनले ४० रन बनाए ।
ग्लेन म्याक्सवेलले नटआउट रहँदै ३१ तथा मार्कस स्टोइनिसले पनि नटआउट रहेर २० रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । । श्रीलङ्काका लागि दिल्सान मधुशंकाले ३ तथा दुनिथ वेललागेले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । ओपनर पाथुम निशांकाले ६१ तथा कुशल परेराले ७८ रन बनाउँदै श्रीलङ्कालाई उत्कृष्ट सुरुवात दिलाए पनि टोलीको नाटकीय पतन भएको थियो ।
दुई जनाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । तर, त्यसपछि चारिथ अशलंकाले २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’
-
रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेकाे हाे ?
-
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
-
‘फिल्म क्षेत्रमा अझै विभेद छ’
-
कोलकाता र लखनउको खेलको मिति सारियो
-
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध