आइफोन १६ का सबै भर्जनमा ३एनएमको ए१८ प्रो प्रोसेसर हुने

काठमाडौँ । सन् २०२२ मा आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १४ र आइफोन १४ प्लस मोडल आफ्नो पछिल्लो प्रसेसर बिनै ल्यायो । यो खबरले कम्पनीको कयौं फ्यानहरुलाई झट्का लागेको थियो । दुबै मोडलमा अघिल्लो वर्ष आएको ए१५ बायोनिक चिप राखिएको थियो ।
आइफोन १४ को महँगो मोडल आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स मोडलमा भने ए१६ बायोनिक चिप थिए । हालै मात्रै कम्पनीले ल्याएको आइफोन १५ मोडलमा पनि यस्तै गरियो । सस्तो खालको फोनमा पुरानो चिप हालेर महँगो खालको फोनमा ब्रान्ड न्यू ए१७ प्रोस एसओसी राखियो ।
तर आगामी वर्ष ल्याइने आइफोन १६ को सिरिजमा भने यस्तै स्थिति नदोहोरिने देखिएको छ । डब्ल्यूसीसीएफ टेकको एक समाचारअनुसार एप्पलले आगामी वर्ष सार्वजनिक गर्ने आइफोन १६ का मोडल र प्रो मोडल दुबैमा नयाँ ए१८ प्रो प्रोसेसर हुनेछ । यो चिप ताइवाई चिप निर्माता कम्पनी टीएसएमसीले दोस्रो पुस्ताको एन३ई थ्रीएनएम प्रोसेस नोडबाट बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित