दुवै ओपनर आउट भएपछि लय गुमाएको श्रीलंकाले अस्ट्रेलियालाई दुई सय १० रनको लक्ष्य दियो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई जितका लागि दुई सय १० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रन बनाएको हो ।
जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो तेस्रो खेल खेलिरहेका छन् । अघिल्लो दुवै खेलमा पराजय भोगेका श्रीलंका र अस्ट्रेलिया पहिलो जितको खोजीमा छन् । अस्ट्रेलियाविरुद्ध श्रीलंकाले गतिलो सुरुआत गरेको थियो ।
श्रीलंकाली टोलीका ओपनरद्वय पाथुम निसानका र कशुल परेराले उत्कृष्ट सुरुआत गरेका थिए । यी दुबैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियन बलरहरुको लगातारको आक्रमणलाई विफल तुल्याउँदै निसानकाले ६१ रन बनाएका थिए ।
उनले पहिलो विकेटका रुपमा पेभेलियन फर्किनुअघि ६७ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । अर्का ओपनर परेराले पनि टोलीको खातामा ७८ रन थपे । उनले ८२ बलको सामना गरी १२ वटा चौका प्रहार गरे ।
यी दुवै ओपनर ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । निसानका २१.४ र परेरा २६.२ ओभरमा आउट भएका थिए । परेरा आउट हुँदा श्रीलंकाली टोलीको कुल स्कोर एक सय ५७ रन थियो ।
त्यसपछि भने श्रीलंकाली टोलीले लगातार विकेट गुमाएको थियो । त्यसपछि श्रीलंकाली टोलीका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । पाँचौं नम्बरका ब्याट्सम्यान चरिथ असालंकाले २५ रन बनाए ।
श्रीलंकाली टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा १३ रन पाएको थियो । अस्ट्रेलियन टोलीका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए ।
मिचेल स्टार्क र प्याट कुमन्सिले पनि दुई—दुई विकेट हात पारे । ग्लेन म्याक्सवेलले एक विकेट लिए । अस्ट्रेलिया सर्वाधिक पाँचपटकको विश्वकप विजेता राष्ट्र हो भने श्रीलंकाले हालसम्म एकपटक विश्वकपको उपाधि उचालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’
-
रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेकाे हाे ?
-
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
-
‘फिल्म क्षेत्रमा अझै विभेद छ’
-
कोलकाता र लखनउको खेलको मिति सारियो
-
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध