कांग्रेस र एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने–अझै मिलाइ-मिलाइ ठोक्नु छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय अंकगणितमा समाजवादी मोर्चा निकै कमजोर भएकाले सरकारको नेतृत्व लिन सजिलो नभएको बताएका छन् । समाजवादी मोर्चामा रहेका चार दलमध्ये तीन दल सरकारमै रहेकाले काम गर्न अप्ठ्यारो भएको उनले बताए ।
‘मोर्चामा आबद्ध चार दललाई काम गर्न सजिलो छैन । विप्लवजी सरकार बाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ । अलिअलि लड्ने स्वतन्त्रता छ’, सोमबार सुदूरपश्चिमको धनगढीमा भएको मोर्चाको सभामा उनले भने, ‘हामी मिल्दा जम्मा ५४ सिट हो । कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस् बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाई बुझ्न जरुरी छ । बडो मिलाइ मिलाई ठोक्नु छ अझै ।’
ठूलो पार्टीभित्र डाइनामीक फरक–फरक देखिएकाले सदुपयोग गर्न सके फाइँदा हुने उनले जिकिर गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कांग्रेस पार्टी होकि मञ्च हो कि मोर्चा हो बुझिनसक्नु भएको बताए ।
‘एमालेमा पहिलो पटक चिराचिरा परेको छ । त्यसलाई सदुपयोग गर्न सके राम्रै हुन्छ । कांग्रेस पार्टी हो कि मञ्च होकि मोर्चा हो बुझिनसक्नु छ । कोशीमा देखिहाल्नुभयो । त्यहाँ दुईवटा गठबन्धन बन्यो । हाम्रो एउटा गठबन्धन र एमाले र कांग्रेसको अर्को गठबन्धन लाजमर्दो ।’
कोशीमा देखिएको समस्यालाई समाधान गर्न आफूसहित शेरबहादुर देउवा र शेखर कोइरालाबीच दुई दिनसम्म बैठक बसेको उनले बताए । सहमति भएपछि ढुक्क भयो भनेको फेरि एमालेले चलखेल गरेर एकजना मन्त्री छिराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म