काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको गोंगबु बसपार्कमा भीड लाग्ने गरेको छ ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किन लागेका हुन् ।
तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए ।
प्रतिक्रिया