इन्टरनेटमा बालबालिकाको पहिचान लुकाउनै पर्ने बनाउँदैछ एआई

काठमाडौं । सामाजिक सञ्जालहरूमा दुई खाले अभिभावक भेटिन्छन् । एकाथरीले कन्टेन्टलाई भाइरल बनाउन आफ्ना स–साना केटाकेटीलाई हतियार बनाइरहेका छन् । जस्तो खालको भिडियो, फोटो पनि हालिरहेका हुन्छन् । अर्काथरी अभिभावक भने आफ्नो छोराछोरी को हो भन्ने इन्टरनेटको संसारलाई सकेसम्म थाहा नहोस् भन्ने ध्याउन्नमा हुन्छन् ।
कन्टेन्टलाई पब्लिक बनाउने क्रम बढिरहँदा पब्लिक कन्टेन्ट जसले जहाँ पनि हेरिरहेका छन् । चिन्दै नचिनेका मान्छेहरूबाट अनेकौँ खालका कमेन्ट र म्यासेज आउने समस्या त छँदैछ । ती कन्टेन्टको दुरुपयोग हुने सम्भावना त्यो भन्दा धेरै छ ।
लामो समयदेखि अभिभावकहरूबिच नै अनलाइनमा बालबालिकाका के कस्ता सामाग्री राख्ने अनि के चाहिँ नराख्ने भन्नेबारे विवाद छ । शक्तिशाली नयाँ–नयाँ प्रविधिको आगमनसँगै यो बहसको आवश्यकता झनै बढाइदिएको छ । अनलाइनमा आफ्ना बालबालिकाहरूको फोटा वा भिडियो जतिबेला पनि हालिरहने अभिभावकहरूको बानीले प्यारेन्टिङ अपभ्रंश हुँदै ‘शेयरेन्टिङ’ भएको छ ।
अनलाइनमा तस्बिर, भिडियो बढी नै शेयर गर्नेहरूले केटाकेटीका गोपनीयता छताछुल्ल पारे भनेर चर्को आलोचना खेपेका छन् । तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) परिष्कृत बन्दै गएसँगै गलत नियत राख्नेहरूले इन्टरनेटमा राखिएका बालबालिकाका कन्टेन्टहरूको दुरुपयोग गर्ने नयाँ नयाँ तरिका भेटेका छन् । यही मध्ये एउटा चाहिँ डिपफेक प्रविधिको माध्यमबाट गरिने हर्कतहरु हुन् । यो प्रविधिले बालबालिकाको आवाजको नक्कल गर्छ । फोटो सर्चबाटै बच्चाको नाम र ठेगाना थाहा दिन सक्छ । एआईको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालमा आफैले राखेको डेटामा प्रयोगकर्ताले नियन्त्रण गुमाएका छन् ।
पछिल्लो समय अनलाइनमा राखिएको भिडियो कन्टेन्टबाट बच्चाको आवाज नक्कल गरेर बच्चा अपहरणमा परेको भन्दै फिरौती मागिएको घटनाहरू सुन्नमा आइरहेका छन् । बच्चाका फोटोबाट टाउको काटेर नेटमा पाइने अश्लील तस्बिरहरूमा जोडेर सामाजिक सञ्जालभर फैलाइदिने जस्ता घटनाहरू पनि छ्यापछ्याप्ती देखिन थालेका छन् । एआईको बढ्दो प्रयोगले बालबालिकाको मुहार इन्टरनेटमा लुकाउनै पर्ने आवश्यकता बढेको छ । तर यस्तो गर्ने कठिनाइ पनि उत्तिकै बढेको छ । कतै तपाईँका बालबालिकाहरूको भिडियो र तस्बिर पनि यस्तै गरी दुरुपयोग भइरहेका त छैनन् ? एआईबाट आफ्ना बालबालिकाहरूको मुहार कसरी लुकाउनु हुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे