सैफ र करीनाको लवस्टोरी : विवाह पहिले कोर्ट म्यारिज, रिसेप्सन पार्टीमा करोडौं खर्च

मुम्बई । बलिउडको चर्चित कपल करीना कपूर र सैफ अली खान वैवाहिक सम्बन्धमा जोडिएको ११ वर्ष पुरा भयो । १६ सेप्टेम्बर २०१२ मा विवाह गरेका यो जोडीको बीचमा अहिले पनि प्रेम कम जस्ताको तस्तै छ ।
यो जोडीका दुई छोरा तैमुर अली खान र जेह अलि खान छन् । सैफ र करीनाको विवाहको वर्षगाँठमा उनीसँग सम्बन्धित केही रोचक तथ्य यस्ता छन् ।
विवाह पहिले कोट म्यारिज
करीना र सैफले विवाह अगाडि कोट म्यारिज गरेका थिए । त्यो समय एकदमै सानदार रिसेप्सन पार्टी पनि राखिएको थियो । उनीहरूको यो पार्टीमा बलिउडमा हस्तिहरूका अलावा राजनेताहरुको पनि सहभागिता थियो ।
रिसेप्सन पार्टी सैफका पहिलो श्रीमती पट्टीको छोराछोरी सारा अली खान र इब्राहिम अली खान पनि सहभागी थिए ।
विवाहमा शर्मिला टैगोरको लेहङ्गा
करीना कपूरले विवाहमा सासू शर्मिला टैगोरको लेहङ्गा लगाएकी थिइन् । रिसेप्सनमा करीनाले पिंक कलरको लेहङ्गा लगाएकी थिइन् । जसको डिजाइन मनीष मल्होत्राले गरेका थिए । यो समारोहमा सैफले ब्ल्याक कलरको शेरवानी लगाएका थिए ।
सैफभन्दा १० वर्ष कान्छी करिना
सैफभन्दा करीना दश वर्ष कान्छी छिन् । दुवैको विवाहित जिन्दगीको खुसीको रहस्य दुवैले एक अर्कोलाई राम्रो समय दिन्छन् ।
काममा व्यस्त जोडी
करीना अहिले अभिनेत्री निर्देशक हंसल मेहताकी फिल्म ‘द बकिन्घम मर्ड्स’मा देखिँदैछिन् । यसको अलावा उनी रोहित शेट्टीको ‘सिंघम अगेन’ र तब्बु, कृति सेनन र दिलजीत दोसाँझका साथ ‘द क्रू’ को सुटिङ गरिरहेकी छन् ।
सैफ भने पछिल्लो समय ‘गो गोवा गन २’ मा देखिएका थिए । उनी साउथको फिल्म ‘देवरा’ मा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
-
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन
-
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै