प्राडाद्वय सुवेदी र भट्टराईलाई ग्वंगः सिरपा सम्मान

काठमाडौँ । यस वर्षको ग्वंगः सिरपा सम्मान अग्रज निबन्धकारहरू प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको उपस्थिति तथा सङ्गमका संयोजक साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदनझ’ को अध्यक्षतामा म्प्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
हरेक दुई वर्षमा दुई जना निबन्धकारलाई प्रदान गरिँदै आएको यो पुरस्कार राशि रु. ५०–५० हजार र ताम्रपत्र रहेको छ । वि.सं २०५० मा कविवर केदारमान व्यथितलाई । सम्मान गरेपछि साहित्यिक सम्मान सङ्गमको स्थापना भएको थियो ।
समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार ध्रुव मधिकर्मी र जितेन्द्रले गरेको सिफारिसको आधारमा गरिएको उक्त सम्मान आगामी मङ्सिरको पहिलो हप्ता विशेष कर्यक्रम आयोजाना गरी प्रदान गरिने पनि संयोजक रोदनले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक