नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट
सोमबार, २९ असोज २०८०, ०६ : ३७

ओस्लो । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो ।
बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।
अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो । यसका लागि पनि नर्वे समूहको तेस्रो स्थानमा रहनुपर्नेछ भने समूह जीबाट सर्बिया छनोट हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा
-
किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : सांसद खाँण