एसियाली पारा खेलकुदमा भाग लिन पारा टोलीको बिदाइ

काठमाडौँ । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबिच बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टङ्कलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरे ।
अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाँदै छिन् ।
तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबद्र्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि चीनको सांघाईमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । उनी त्यतैबाट पारा खेलकुदमा सहभागी हुने प्रशिक्षक लामाले जनाएका छन् । पलेशाले नै उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए । तेक्वान्दोको व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।
एथलेटिक्समा साङबु भोटेले १ सय मिटर दौड तथा सुरज भाटले ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा सहभागी हुने छन् । प्रशिक्षकमा सीता भण्डारी छिन् । ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स/डबल्स स्पर्धामा खेल्ने छन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टायलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायतले खेल्ने छन् । पावर लिफ्टिङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।
साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । टेबल टेनिसमा डिगमसिंह चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्ने छन् ।
अफिसियलमा गणेश कक्षपति, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् । सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हाङझाव प्रस्थान गर्दै छन् । बाँकी टोली दुई चरण (अक्टोबर १७ र २० तारिख) मा हाङझाव जाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरको कर नीति प्रगतिशील छैन
-
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
-
फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य
-
होलीमा अमर्यादित गतिविधि नगर्न रौतहट प्रशासनको आग्रह
-
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
-
चर्चित उपन्यास ‘बसाइँ’का लेखक रहेनन्, शब्दचित्रमा लीलबहादुर क्षेत्री