काभ्रेमा चाडपर्व विशेष सुरक्षाका लागि ७०६ प्रहरी परिचालन गरिने

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत ७०६ जना प्रहरी परिचालन गर्ने भएको छ । कार्यालयले तयार पारिएको 'चाडपर्व विशेष सुरक्षा योजना २०८०' अन्तर्गत जिल्ला कमाण्ड पोष्टदेखि एटीएमको सुरक्षाका लागि प्रहरी परिचालन गर्ने भएको हो
सुरक्षा योजनाअनुसार प्रहरी उपरीक्षकको कमाण्डमा १० जना जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहने छन् । यस्तै प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना जिल्ला प्रहरी कार्यालयमा, प्रहरी निरीक्षकको कमाण्डमा १० जना धुलिखेल, राजमार्ग र इलाका प्रहरी कार्यालयहरुमा क्युराटी परिचाल गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शंकास्पद पाँच स्थानमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना मादक पदार्थ सेवन चेकिङ्ग, ६ वटा स्थानमा रेगुलर चेकिङ्ग, विभिन्न स्थानहरूमा २४ सै घण्टा पैदल गस्ती, संवेदनशील १५ वटा स्थानमा ३३ जना, अरनिको राजमार्ग तथा वि.पि. राजमार्गको संवेदनशील १२ वटा स्थानहरूमा ३६ जना प्रहरी परिचालन गरिएको छ ।
बसपार्क, टिकट काउण्टर, बस बिसौनी लगायतका स्थानमा यात्रुहरुको सुरक्षाको लागि २७ जना प्रहरी, लामो दुरीका यात्रुबाहक सवारीसाधनमा यात्रुहरुको सुरक्षाको लागी ११ वटा प्रहरी इकाईबाट २२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
बैंक तथा वित्तीय संघ संस्था एटीएम भएका स्थानहरुको सुरक्षाको लागि २६ स्थानमा ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
नयाँ वर्षमा ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो