बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई बलियो बनाउन जरुरी छ : मन्त्री लामा

आइतबार, २८ असोज २०८०, १८ : ३७
आइतबार, २८ असोज २०८०

हेटौंडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले नेपाली कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन जरुरी रहेको बताएका छन् । विकास र समृद्धिका लागि कांग्रेसले विगतदेखि नै काम गर्दै आएको भन्दै मन्त्री लामाले सो अभियानमा आम नागरिकलाई जोड्दै अघि बढ्नुपर्ने बताए ।

कांग्रेस काभ्रे–काठमाडौँ सम्पर्क समितिको प्रदेश सभा १ (क) समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लामाले एकताले मात्रै काभ्रे कांग्रेसलाई बलियो बनाउन सक्ने बताए । कांग्रेस भित्रको अन्तर विरोधको अन्त्यका लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।

कांग्रेसलाई बलियो बनाउनको लागि टोल तहसम्म संगठन निर्माणको अभियानमा लाग्नुपर्ने उनले बताए । नागरिकहरुको समस्या र गुनासोलाई सम्बोधन गर्दै उनले आम कार्यकर्ताले पार्टी र संगठन निर्माणमा सक्रियता देखाउन जरुरी रहेको उनले बताए । उनले जातीय एकता कायम गर्दै द्वेष, विभेद हटाउनु तर्फ सबै अग्रसर हुनुपर्ने बताए ।

नगरिकहरुको समस्याका मुद्दालाई तहगत सरकारसम्म पुर्‍याउन भूमिका निर्वाह गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रदेश सरकारले नागरिकहरुको शिक्षा स्वास्थ्य खानेपानी, सडक पूर्वाधार निर्माणसँगै कृषि क्षेत्रको विकासमा काम गरिरहेकाले सो बारेमा नागरिकलाई जानकारी दिन जरुरी रहेको उनले बताए । 

सरकारले गरेका कामका विषय चर्चा गर्दै जनताका गुनासोसहित पार्टीका बैंठकका एजेण्डा बनाउन उनले कार्यकर्तालाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप