व्यक्तिगत इर्ष्या र तृष्णाबाट संशोधित नियमावलीको विरोध भयो : न्यायाधीश खतिवडा
काठमाडौँ । न्यायपरिषद्का सदस्य समेत रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायपरिषद् नियमावलीको संशोधन आवश्यकताका आधारमा भएको बताएका छन् । न्याय सेवाबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाहरुलाई वरिष्ठता दिनेसम्बन्धी नियमावलीको संशोधन आवश्यकताका आधारमा भएको भन्दै खतिवडाले नियमावली संशोधनको बचाउ गरेका हुन् ।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनपछि सम्बोधन गर्दै न्याय परिषद्का सदस्य खतिवडाले नियमावलीमा संशोधनको आवश्यकता रहेको र संशोधन गर्न ढिलो भइसकेको कारण संशोधन भएको बताएका हुन् । वरिष्ठतम् न्यायाधीश खतिवडाले भने, ‘न्यायपरिषद् नियमावलीको संशोधनसम्बन्धी उठेका प्रश्नहरुको जवाफ छ, संशोधनको उचित र पर्याप्त कारण छ । नियमावलीमा संशोधन गर्नैपर्ने आवश्यकता भएकाले गरेको हो । त्यो गर्न ढिलो भइसकेको थियो, त्यसकारण जसले गरेपनि गर्नुपर्थ्यो र हामीले गर्यौँ ।’
वरिष्ठतम् न्यायाधीश खतिवडाले न्यायपरिषद् नियमावलीमा भएको संशोधनलाई कतिपयले व्यक्तिगत इर्ष्या र तृष्णाको कारणबाट प्रश्न उठाएको भन्दै आफू हरेक प्रश्नको जवाफ दिन तयार रहेको उनले बताए । न्यायपरिषद् नियमावलीको सम्बन्धमा वरिष्ठतम् न्यायाधीश खतिवडाले भने, ‘नियमावली संशोधनको विषयलाई लिएर हलुका प्रचारबाजी भएको छ, यो राम्रो सिलसिला होइन, दसैँले सबैलाई सद्बुद्धि देउन् ।’
न्यायपरिषद् नियमावलीको सम्बन्धमा कसैले पनि आफूलाई केन्द्रमा राखेर हेर्न नहुने भन्दै हिँजोका दिनका गलत भएको कारण त्यसलार्य अहिले सुधारिएको न्यायाधीश खतिवडाले बताए । त्यसअघि पाटन उच्च अदालत बार एशोसिसनका अध्यक्ष शान्तिराम खतिवडाले न्याय परिषद्ले गरेको नियमावली संशोधन आपत्तिजनक रहेको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने माग गरेका थिए ।
न्यायपरिषद् नियमावलीले उच्च अदालतका न्यायाधीशहरुको मर्यादाक्रममा व्यापक फेरबदल ल्याएको भन्दै यसले समस्या ल्याउने बताएका थिए । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीश तथा न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी उपस्थित कार्यक्रममा उच्च अदालत बारका अध्यक्षले न्यायपरिषद् नियमावली संशोधनको विषयमा आपत्ति जनाएपछि न्याय परिषद्को सदस्यसमेत रहेका न्यायाधीश खतिवडाले त्यसको जवाफमा रहेको प्रश्नको उत्तर आफूसँग रहेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला