एकीकृत समाजवादी विद्रोहबाट जन्मेको पार्टी हो : प्रकाश ज्वाला
आइतबार, २८ असोज २०८०, १५ : ३२

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले समाजवादी पार्टी विद्रोहबाट जन्मेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उनले नयाँ पार्टी भएपनि निर्वाचनमा एकीकृत समाजवादीको उपस्थिति सकारात्मक रहेको उनले बताए ।
समाजवादीले समाजवादको उद्देश्य लिएको भन्दै उनले यस्ता अभियानहरु अझै सञ्चालन गरिने बताए । 'अभियान अब गाउँ–गाउँ, बस्तीमा पुग्नेछौँ,' उनले भने,' हिजो एमाले बनाउने पनि हामी हौँ ।'
यस्तै उनले सुशासन, रोजगारीसहित समृद्धिको समाजवाद ल्याइछाड्ने ठोकुवा गरे । संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका ज्वालाले कर्णालीको विकासमा सरकार अग्रसर भइरहेको बताए । यस्तै उनले कर्णालीको समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी