मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ सञ्चालक र लेखा समिति चयन गर्दै मनिप्लान्टको १४ औं साधारणसभा सम्पन्न

आइतबार, २८ असोज २०८०, १३ : ५८
आइतबार, २८ असोज २०८०

काठमाडौँ। ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’ को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि रहेका थिए ।

अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन भएका छन् । संचालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन भएका छन् । साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो। साथै संस्था संबद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन(तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। लालिगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका बिद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो सञ्चालक समितिलाई धन्यवाद दिँदै  सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू सञ्चालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताए। संस्थाको सेयर सदस्य संख्या एक हजार एक सय ८२ पुगेको र पछिल्लो आवको कुल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार आठसय ५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप