कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओलीले भने– राम्रो काम गर्नु

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । मुख्यमन्त्री कार्की आइतबार बिहान भक्तपुरको बालकोट निवास पुगेका थिए ।
मुख्यमन्त्री कार्कीसँगै बालकोट पुगेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यकाअनुसार ओली र मुख्यमन्त्री कार्कीबीच संक्षिप्त कुराकानी भएको थियो । भेटमा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए ।
जवाफमा ओलीले राम्रो काम गर्न भनेको आचार्यले रातोपाटीलाई बताए । ‘हामी ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो । ओलीजीले राम्रो काम गर्नु भन्नुभयो,’ उनले भने।
सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइराला र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन