‘दसैँका खसी–बोकाको ज्वरो नाप्दै कागेश्वरी मनोहरा नगरपालिका’

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दसैँका लागि बाहिरबाट नगरपालिका भित्रिएका खसी–बोकाको स्वास्थ्य जाँच गर्न थालेको छ । घटस्थापनादेखि नवमीको दिनसम्म रोगी र निरोगी खसीबोका छुट्याउने काम थालेको नगरपालिकाका पशु सेवा प्राविधिक निरोज दंगालले जानकारी दिए ।
केन्द्रीय पशु सेवा विभाग र पशु क्वारेन्टाइन बुढानिलकण्ठसँगको सहकार्यमा नगरपालिकाले खसीबजारमा गएर जिउँदो खसीको स्वास्थ्य परिक्षण गर्न थालेको हो । रोगी बिरामी खसी बोकालाई रातो चिन्ह लगाएर छुट्याउने गरेको र स्वस्थ खसीबोकालाई कुनै रङ नदिइने दंगालले बताए ।
रेविज लगायत पशुबाट पनि मानिसमा केही रोग सर्न सक्ने जोखिम रहेकोले दसैँका बेला विभिन्न ठाउँबाट भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण थालिएको उनले बताए । नगरपालिकाले घटस्थापनाका दिन वडा नम्बर ६ मुलपानी क्षेत्रका खसीबजारमा रहेका ६० भन्दा बढी खसीबोकाको स्वास्थ्य परिक्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)