तीन वटा जहाज चार्टर गरेर भियतनामका पर्यटक नेपाल आउँदै
काठमाडौँ । तीनवटा जहाज चार्टर गरेर एकै पटक ठुलो सङ्ख्यामा भियतनामी पर्यटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाइन्सका एअरबस ए३२० विमान चार्टर गरेर भियतनामी पर्यटकहरू नेपाल आउने भएका हुन् ।
खासगरी पर्यटन सिजन सुरु भएसँगै आउन लागेको भियतनामी पर्यटकहरूले नेपालको काठमाडौँ, पोखरा, लुम्बिनी लगायताका स्थानहरूको भ्रमण गर्ने जनाइएको छ ।
नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै पहिलो पटक एकै पटक तीन वटा विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गर्ने तयारी गरेको रुपसे होलिडेजले जनाएको छ ।
करिब १५ प्रतिशत बुद्ध धर्मालम्बीहरु रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला दिनहरूमा बढिरहँदा भियतनाम काठमाडौँको यात्रा छोट्टाउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान महत्त्वपूर्ण भएको पर्यटनकर्मीहरूको भनाइ छ ।
भियतनामका ती पर्यटकहरूले काठमाडौँ उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण तथा अवलोकन गर्नेछन् । केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्नेछन् ।
यसरी नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरू भियतनाम जाने भएका छन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन लागि परेको रुप्से होलिडेज्ले बताएको छ ।
नेपालबाट भियतनाम जान चाहने पर्यटकका लागि समेत रुप्से होलिडेज्ले एक लाख बिस हजार रुपैयाँको विशेष टुर प्याकेज प्रदान गरेको जनाएको छ । चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तव्यहरूको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकहरूको उल्लेख्य आकर्षण रहेको कम्पनीको दाबी छ । भियतनामी पर्यटक आउने सोही चार्टर उडानमा सीमित सङ्ख्यामा सिट उपलब्ध रहेको जनाउँदै रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुलीले सोझो उडान, उत्कृष्ट आथित्यता र आकर्षक गन्तव्य भ्रमणको अवसरको सदुपयोग गर्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार