बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

हिन्दु संस्कृति परिषद्‍द्वारा कलश यात्रा

आइतबार, २८ असोज २०८०, १३ : २८
आइतबार, २८ असोज २०८०

काठमाडौँ । श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आइतबारदेखि १६औं नवरात्री महा–महोत्सवले शुभारम्भ गरेको छ ।

आज घटस्थापनाको अवसर पारे परिषद्ले सो महोत्सव सुरु गरेको परिषद्का उपाध्यक्ष एवं प्रवक्ता प्रविणलाल दासले बताए ।

जसअनुसार आज विहान कलश यात्रा सम्पन्न भएको छ । गुहेश्वरदेखि पशुपतिसम्म गरिएको सो कलश यात्रामा एक हजार भन्दा बढी भक्तजनको सहभागीता थियो । कलश यात्रापछि शैलपुत्री देवीको पूजा समेत सम्पन्न गरेको छ । आजै साँझ महाआरती कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा परिषद्ले प्रकाशन गरेको स्मारिणको विमोचन समेत गरिने बताइएको छ ।

 महोत्सव कात्तिक ७ गतेसम्म चल्ने प्रवक्ता दासले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप