प्रभाव पार्न सक्ने खेलाडी – रहमानुल्लाह गुरुबाज (अफगानिस्तान)

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो फरक अस्तित्व कायम गर्ने अभियानमा रहेको अफगानिस्तानको टोलीका ओपनर ब्याट्सम्यान हुन्, रहमानुल्लाह गुरुबाज । उनी टोलीका विकेटकिपर पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगान टोलीका लागि दुई हजारभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन्, उनी ।
२२औँ वर्ष प्रवेशको सँघारमा रहेका यी युवा ब्याट्सम्यानले जारी विश्वकपमा पनि सन्तोषजनक प्रदर्शन गरेका छन् । यद्यपि, उनको टोली आफूले खेलेका दुवै खेलमा पराजित भएको छ । बंगलादेशविरुद्धको पहिलो खेलमा उनले ४७ रन बनाएका थिए ।
भारतविरुद्धको दोस्रो खेलमा भने उनी लामो समय क्रिजमा टिक्न सकेनन् । उक्त खेलमा उनले २८ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतले २१ रन बनाएका थिए । उनले हालसम्म अफगानिस्तानका लागि २८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
रहमानुल्लाह गुरुबाजले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३८ को औसतले कुल एक हजार २६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले पाँच शतक र दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय ५१ रन हो ।
उनले एकदिवसीय खेलमा दुईवटा स्टम्पिङ गरेका छन् भने १९ वटा क्याच पनि लिएका छन् । यी दायाँहाते ब्याट्सम्यानले देशका लागि ४३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनले २४.२५ को औसतले कुल एक हजार ४३ रन बनाएका छन् ।
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी—२० मा उनको उच्च स्कोर भने ८७ रन हो । उनले टी—२० मा दुईवटा स्टम्पिङ गरेका छन् भने २२ वटा क्याच पनि लिएका छन् ।
रहमानुल्लाह गुरुबाजले सन् २०२१ को जनवरी २१ मा आयरल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले उत्कृष्ट शतक बनाएका थिए । त्यो खेलमा उनले एक सय २७ बलको सामना गरी नौ छक्का र आठ चौकाको मद्दतले एक सय २७ रन बनाएका थिए । उनको ‘डेब्यू’ खेलमा अफगानिस्तान १६ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त