सर्वदलीय सरकारमा हाम्रो रुचि छैन : एमाले
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशमा तत्काल सर्वदलीय सरकारमा आफ्नो रुचि नरहेको जनाएको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीले एमालेको आवश्यकता महसुस गरेसम्म सहकार्य र सहयात्रा हुने बताए ।
‘हाम्रो अहिलेको सरकार निर्माण र सहकार्यको कुरा चाहिँ मुख्यमन्त्रीज्यूले चाहुन्जेल, उहाँले आवश्यकता महसुस गरुन्जेल हाम्रो सहकार्य र सहयात्रा हुन्छ,’ उनले सर्वदलीय सरकार बन्छ भन्ने प्रश्नमा भने, ‘हिजो म हुँदा नमान्ने, अहिले हुने कुरामा हाम्रो धेरै रुचि छैन । मुख्यमन्त्रीले त्यस्तो सरकार बनाउनु भयो भने हाम्रो दृष्टिकोण त्यसपछि आउँछ ।’
एमाले नेता कार्कीले तत्काल काँग्रेसको एउटा टिम एमालेसँग आए पनि पुरै काँग्रेस आउने विश्वास व्यक्त गरे । ‘मैले बुझ्दा अहिले नेपाली काँग्रेसको एउटा सेक्सन हामीसँग आएको छ । काँग्रेसको पुरै आउँछ भन्ने विश्वास छ । काँग्रेस र हाम्रोबिचमा पहिले सहमति हुन्छ । त्यसपछि दुई पार्टी बसेर सहमति र सहकार्यको विषयमा छलफल गर्छौ,’ उनले भने, ‘अहिले सहमतिको सरकार बनाउने परिस्थिति निर्माण भएको जस्तो लाग्दैनौँ । मुख्यमन्त्रीज्यूले के भन्नुहुन्छ त्यो हेरेर हामी कदम चाल्छौँ ।’
नेता कार्कीले एमाले र काँग्रेसबाट आज एक-एक जना मन्त्री पठाउने सहमति भएको बताए । ‘प्रारम्भीक कुरा एक जना मात्रै पठाउने भन्ने भएको छ । फाइनल मुख्यमन्त्री काठमाडौँबाट आएपछि हुन्छ । एमालेबाट तिलकुमार मेन्याङ्बो र रामबहादुर मगरमध्ये एक जना हुन्छ होला । कुरा गर्दछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात