पृथ्वीनारायण शाहको भूमिकालाई कसैले अस्वीकार गर्न सक्दैन : जनार्दन शर्मा

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको भूमिका महान् रहेको बताएका छन् । शाहको भूमिकालाई कुनै नेपालीले पनि अस्वीकार गर्न नसक्ने उनले बताएका हुन् ।
‘पृथ्वीनारायण शाह, जसले नेपालको एकीकरणमा भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको छ । उनको भूमिका कुनै नेपालीले पनि अस्वीकार गर्न सक्दैन सबैले उहाँको सम्मान गर्नेछन् । पृथ्वीनारायण जस्ता राजा अन्य भएको भए । विसे नगर्चीलाई गुरु मान्ने राजा अन्य भइदिएको भए सायद राजतन्त्रले निरन्तरता पाउन सक्थ्यो’, उनले भने ।
यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै नेपालीको समान हक रहेको उनले बताए । सबै नेपालीको बराबर हक लाग्ने भएकाले कसैको विशेषाधिकार नचल्ने जिकिर गरे । यसमा कुनै नेता, प्रधानमन्त्री वा राष्ट्रपतिको विशेषाधिकार रहेको बताए आफूलाई मान्य नहुने उनले बताए ।
‘लोकतन्त्रमा विशेषाधिकार कसैको छैन । कसैले त्यस्तो बताए हामीलाई मान्य छैन’, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र सबै नेपालको बराबर हक लग्छ ।’ सामाजिक न्याय, सुशासन र समृद्धिसहितको समाज निर्माणका लागि माओवादी निरन्तर अभियानमा लाग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड