बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

शंकरको ‘तेलभिसा’ मा सेभेन सिजले निर्माण सहकार्य गर्ने

आइतबार, २८ असोज २०८०, ११ : ०६
आइतबार, २८ असोज २०८०

काठमाडौँ । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’ मा निर्माणमा सेभेन सिज इन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा रहँदै आएको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रिक सुवेदी र निर्देशक शंकर घिमिरेबीच फिल्म निर्माण सम्झौता भएको हो ।

सेभेन सिजले फिल्मको निर्माणमा ५० प्रतिशत सहकार्य गर्न लागेको निर्देशक घिमिरेले बताए । आगामी फागुन महिनादेखि छायाङन हुने फिल्ममा मुख्य कलाकारको रुपमा बिपिन कार्की अनुबन्धित भएका छन् । फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् । फिल्मको घोषणा छिट्टै गरिने निर्देशक घिमिरे बताए । फिल्म नेपाल र अमेरिकामा छायांकन हुनेछ । 

सेभेन सिजकम्पनीले ‘परदेशी २,‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘करर्साङ’, ‘अगस्त्य’ र ‘डिग्री माइला’ समेत विदेश वितरण लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप