पहिचान जोगाउन युवाको खाँचो छ : मन्त्री गुरुङ
पोखरा । शहरी विकास मन्त्री सीता गुरुङले तमुहरुको पहिचान स्थापित गर्नका लागि युवा पुस्ताले नेतृत्व लिनुपर्ने बताएकी छिन् । ‘सिनियरहरुको अनुभव र युवाको उत्साहलाई सँगै समेटेर लैजान नसके देशले फड्को मार्न सक्दैन । हाम्रो कला, भाषा, संस्कार र संस्कृतिको पुस्तान्तरण पनि हुँदैन,’ उनले भनिन्, ‘संस्कृति र पहिचान लोप हुनसक्छ । भोलिका दिनमा हाम्रो पहिचानलाई स्थापित गर्नका लागि नयाँ पुस्तालाई सँगै डोहोर्याएर लैजानु आवश्यक छ ।’
पोखरामा तमु धीं नेपालको महाधिवेसनलाई सम्बोधन गर्दै उनले युवाहरु विस्तारै विदेशिने क्रम बढेको भन्दै त्यसलाई रोक्न सबै मिलेर लाग्नुपर्ने बताइन् । ‘युवामा भविष्य विदेशको भुमिमा मात्रै छ भन्ने मुल्य र मान्यता बनेको छ । यसलाई चिर्न सक्नुपर्छ,’ उनले अघि भनिन्, ‘मातृभूमिमा सपरिवार बसेर देश बनाउन लाग्नुपर्छ । तमु धींले युवा र महिलालाई एकताबद्ध बनाउन अभियान चालोस् ।’
देशको व्यवस्था परिवर्तन भएपनि अवस्थामा सुधार नआएकोले साझा संकल्प गरेर काममा ध्यान दिनुपर्ने उनले बताइन् । गुरुङले तमु समुदायमा विभिन्न संघ संस्थाका नामबाट विभाजन बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।
‘हामी कता जाँदै छौं ? तमु धिंले सिंगो संस्थालाई कता डोहोर्याउने हो ? हाम्रो पहिचान हराउँछ कि भन्ने चिन्ता छ,’ उनी भन्छिन्, ‘हिजो राजाको पालामा फुटाउ र राज गर भन्ने नीति थियो । अहिले आज हाम्रै कारणले हामी फुट्ने अवस्थामा छौं । हामीले लडेर ल्याएका अधिकार संस्थागत गर्नका लागि जुटेर मात्रै सम्भव छ ।’
पोखराको विकास र समृद्धीका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ । ‘पोखरा प्रदेशको राजधानी हो । पर्यटनको राजधानी हो । अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको छ । तर पोखरा व्यवस्थित हुन सकेको छैन,’ तमु समुदायलाई उनले भनिन्, ‘हामी त हङकङ, यूके, सिंगापुरको व्यवस्थित शहर हेरेर आएका छौं । पोखरालाई व्यवस्थित गर्न तपाईंहरुले पनि सहयोग गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन