सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सरकार राजनीतिक भागबण्डामा रमायो : सचेतक बर्तौला

शनिबार, २७ असोज २०८०, १६ : ४९
शनिबार, २७ असोज २०८०

मकवानपुर । नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकार राजनीतिक रूपमा पदीय भागबण्डामा रमाएको बताएका छन् । शनिबार हेटौँडामा मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सरकार स्वार्थ अनुकूल भागबण्डामा केन्द्रित भएको बताएका हुन् ।

जनताका समस्यालाई बेवास्ता गरेर सरकार राजनैतिक भागबण्डामा रमाएको उनले आरोप लगाए । उनका अनुसार सरकारले जनताका आधारभूत आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ । ‘वर्तमान अवस्थामा नागरिकहरू आर्थिक सङ्कटको मारमा छन् तर सरकार भागबण्डा गरेर पदको बाँडफाँडमा केन्द्रित छ ।’ उनले भने, ‘अहिले देश अवस्था राम्रो छैन । जनताहरू समस्यामा छन् । तर, सरकार भने जनताका समस्यालाई बेवास्ता गरेर पदीय भागबण्डामा सक्रिय भएको छ । सरकारले नागरिकहरूलाई लक्षित गरी कुनै पनि राम्रा काम गर्न सकेको छैन ।’

मकवानपुर क्षेत्र नम्बर–२ का सांसद समेत रहेका सचेतक बर्तौलाले देशको परिस्थिति प्रतिकुल भएको अवस्थामा सद्भावको भावना बाँडेर एकता कायम राख्न जरुरी रहेको उनले बताए । अनेक प्रतिकुलता बिचबाट अनुकूलता खोज्नु पर्नेमा अवस्था रहेको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकार हराएको टिप्पणी गरे । उनले वर्तमान अवस्थामा सरकार कहाँ छ ? भनेर खोज्ने बेला भएको बताए ।

संघीय सरकार र प्रदेश सरकारले जनताका अपेक्षा अनुसार कुनै पनि काम गर्न नसकेको भन्दै नागरिकहरूले सरकार खोज्ने बेला आएको उनले बताए । देश आर्थिक सङ्कटबाट गुज्रिरहेकोले नागरिकहरू समस्यामा रहेका बखत सरकार बेखबर भएको उनले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप