पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा तालाबन्दी
मकवानपुर । सदस्यता शुद्धीकरण मापदण्ड अनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले सदस्यता शुद्धीकरण मापदण्ड विपरीत भएको भन्दै शनिबार हेटौँडा–११ स्थित महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।
पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार सार्वजनिक गरेको प्रदेश समितिको सदस्यता सिफारिस सूची प्रति प्रेस चौतारीले विरोध जनाउँदै तालाबन्दी गरेको हो । सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले जानकारी दिए ।
प्रेस चौतारी केन्द्रीय सदस्य हरि हुमागाईँ, बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको उनले बताए । प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको रहेको भन्दै प्रदेश समितिको उक्त कार्य सच्याउन माग गरिएको छ ।
महासंघमा नेतृत्वमा रहनेहरू र पदाधिकारीहरूले आफ्नो संगठन निकट निष्क्रिय पत्रकारहरूको सदस्यता नवीकरण गर्ने र प्रेस चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने गरी विभेदकारी ढङ्गबाट सदस्यता शुद्धीकरण भन्दै नामावली सिफारिस गरिएको उनले बताए । उनका अनुसार महासंघ प्रदेश समितिले सदस्यताको विषय टुङ्ग्याउनु अघि विभिन्न संगठनहरुसँग बसेर गरेको सहमति लत्त्याएको छ ।
कार्यवाहक अध्यक्ष खतिवडाले प्रेस चौतारीसँगको सहमतिको प्रयासको प्रपञ्च रचेर आफू अनुकुल निर्णय कार्यान्वयन गराउन महासंघ प्रदेश समितिले सिफारिस गरेको नामावली प्रति घोर आपत्ति प्रकट गरेका छन् । जिल्लाबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारिस गरिएका पत्रकारहरूको नामावली काटेर नभएकाहरूको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको उनले बताए ।
केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई बेवास्ता गरेर प्रदेश समितिले मनोगत रूपमा गरेको सिफारिस कार्यान्वयन नगर्न उनले ध्यानाकर्षण गराएका छन् । चौतारीको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा सदस्यताका लागि सिफारिस गरेको उनको भनाई छ ।
महासंघ प्रदेश समितिले खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्क्रिय पत्रकारहरूको नवीकरण गन कार्य प्रति चौतारीलाई स्वीकार्य नहुने उनले बताए । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री