महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।
‘महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नुहुँदैन’ कोइरालाले भने, ‘उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । सबै महिला एकसय एक छन् ।’
कोइरालाले आफ्नो जन्मदिनको स्मरण गर्दै भने, ‘बिपी कोइरालाका तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म’ उनले भने, ‘तीन वर्षसम्म आइमाइकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’
नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’