प्रभाव पार्न सक्ने खेलाडी – हसन अली (पाकिस्तान)

काठमाडौँ । पाकिस्तानका स्ट्राइक बलर मानिएका शाहीन शाह अफ्रिदीले सुरुवाती दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला बलिङको कमान्ड हसन अलीले सम्हालिरहेका छन् ।
अलीले सुरुवाती दुई खेलबाट ६ विकेट लिँदै विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । २९ वर्षीय अलीले सन् २०१६ मा आयरल्याण्डविरुद्ध पाकिस्तानका लागि एकदिवसीयमा डेब्यू गरेका हुन् ।
त्यसपछि सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा उनले सहभागिता जनाएका थिए । पाकिस्तानलाई पहिलोपटक उक्त उपाधि दिलाउन सर्वाधिक १३ विकेट लिएका उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले गोल्डन बल पनि हात पारे ।
सन् २०१७ मा उनी पाकिस्तानका लागि सबैभन्दा चाँडो ५० विकेट लिने खेलाडी पनि बने । उनी सोही महिना आईसीसीको बलरहरूको वरीयताको शीर्ष स्थानमा पुगेका थिए । डेब्यू गरेको मात्र ४२६ दिनमा उनले सो उपलब्धि हासिल गरेका थिए ।
अलीले एकदिवसीयमा ६२ खेलबाट ९७ विकेट लिइसकेका छन् । ३४ रन दिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । टेस्ट क्रिकेटमा उनले २२ खेलबाट ७८ विकेट लिएका छन् भने टी–२० उनले ५० खेलबाट ६० विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ