लघुकथा
माइतीघरको डर
शनिबार, २७ असोज २०८०, ११ : ३६

“सर मेरो सरुवा गराई दिनु न ।” उसले हाकिम साहेबलाई अनुरोध गर्यो ।
“भन्ने बित्तिकै कसरी सरुवा गर्नु ? तिम्रो काम पनि राम्रो छ, के भनेर सरुवा गर्ने अब । अफिसका कर्मचारीबाट पनि राम्रै सहयोग पाएका छौ । कहाँ जान मन लाग्यो ?”हाकिम साहेबले भन्नु भयो ।
“सबैको सहयोग पाएको छु सर । आफूले देखे जानेको गरेको छु । डेराबाट टाढा पनि होइन तर..” उ रोकियो ।
“तर के ? ” हाकिम साहेबले प्रश्न राख्नु भयो ।
“के हुनु सर, हामी सडकमा हिँड्ने मान्छे । भन्ने बित्तिकै रुट परिवर्तन गरेर टाढाको बाटो हिँड्न नभ्याउने । सधैँ जोखिम मोलेर माइतीघरको बाटो हिँड्नु पर्छ । आन्दोलन भइरहने हुनाले कुन दिन प्रहरीको लट्ठीले पुर्पुरो सेक्छ भन्ने डर । ” उसले समस्या सुनायो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन मन्त्रालयमा २०८१ सालमा के के भए ?
-
विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा
-
६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस
-
भोलेनाथको बार तथा नयाँ वर्ष आजका दिन कुन राशिलाई कस्तो फल ?
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ