प्रचण्ड, देउवा र कोइरालाबिच लिखित सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति गरेका छन् ।
शनिबार बिहान भएको तीन नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।
उता कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु