म्याक्सवेलले म्याचको दौरान धुम्रपान गरिरहेको भिडियो भाइरल

लखनउ । ५ पटकको विश्व च्याम्पियन अस्ट्रेलियाली क्रिकेट टोलीले विश्वकप २०२३ मा लगातार २ खेलमा लज्जास्पद हार बेहोरेको छ । आयोजक भारतले चेन्नईमा कंगारुहरूलाई पराजित गर्यो, जबकि दक्षिण अफ्रिकासँग लखनउमा सबैभन्दा ठुलो हार बेहोरेको थियो।
यति हुँदाहुँदै पनि उनीहरू लापरवाह देखिन्छन् । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलको म्याचको क्रममा एक भिडियो भाइरल भइरहेको छ जसमा उनले ई–सिगरेट (भेप पिउँदै) गर्दै गरेको देखिन्छ ।
Well Smoked Maxwell 🫡 #AUSvsSA #Cricket pic.twitter.com/dQFeCjrLfQ
— Ankur (@ankurumm) October 12, 2023
लखनउको एकना स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको थियो । यो खेलमा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाए । लाबुसचेन ४६ रन बनाएर आउट भए । ग्लेन म्याक्सवेलले १७ बलमा ३ रन मात्र बनाए । यद्यपि उनले बलिङमा २ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने