आईसीसी एकदिवसीय विश्वकप
जब क्यानडाले बनायो सर्वाधिक कम योगफलको खराब कीर्तिमान
शनिबार, २७ असोज २०८०, १० : २७

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा कम रनमा अलआउट हुने राष्ट्रको खराब कीर्तिमान क्यानडाको नाममा छ । क्यानडाले सन् २००७ मा वेस्ट इन्डिजमा आयोजित विश्वकपको श्रीलंकाविरुद्धको खेलमा १८.४ ओभरमा अलआउट हुनुअघि ३६ रनमात्र बनाउन सकेको थियो ।
दोस्रो कम स्कोरको कीर्तिमान पनि क्यानडाकै नाममा रहेको छ । उक्त कीर्तिमान सन् १९७९ मा आयोजित दोस्रो विश्वकपमा बनेको थियो । त्यतिबेला आयोजक इङ्ल्यान्डले क्यानडालाई ४०.३ ओभरमा केवल ४५ रनमा अलआउट गराएको थियो । तेस्रो कम रनको खराब कीर्तिमान भने नामिबियाको नाममा छ ।
सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाबे र केन्यामा आयोजित विश्वकपमा अस्ट्रेलियाले नामिबियालाई १४ ओभरमा ४५ रनमा अलआउट गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा