बेल्जियम युरो २०२४ का लागि छनोट
शनिबार, २७ असोज २०८०, ०९ : ५९

भिएना । अस्ट्रियालाई पराजित गर्दै बेल्जियम जर्मनीमा हुने युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार भएको समूह एफ अन्तरगतको खेलमा बेल्जियम ३–२ गोलले विजयी भएको हो ।
डोडी लोकेबाकियोले खेलको १२ औँ मिनेटमा नै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै रोमेलु लुकाकुले बेल्जियमका लागि तेस्रो गोल थपे ।
खेलको अन्त्यतिर कोनराड लाइमेर र मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७८ औँ मिनेटमा अमाडो ओनानाले रातो कार्ड पाएपनि बेल्जियमले अस्ट्रियालाई रोक्न सफल भयो ।
जीतसँगै ६ खेलपछि बेल्जियम १६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । समूहको दोस्रो स्थानमा रहेको अस्ट्रियाको १३ अङ्क छ । तेस्रो स्थानमा रहेको स्वीडेन मात्र ६ अङ्कमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा