मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ ।
'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको बहाना बनाई एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भूभागमा बिना जानकारी, बिना अनुमति भ्रमण गर्नु कूटनीतिक मान्यताको उल्लङ्घन मात्र होइन, यो हैकमवादी प्रवृत्तिको अभिव्यक्ति पनि हो' , सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्षौंदेखि सैन्य अखडा बनाइराखेको नेपालको भूभाग कालापानी क्षेत्रबाट तुरुन्तै आफ्ना सेना फिर्ता गर्न पनि सो पार्टीले भारतसमक्ष माग गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ– 'कूटनीतिक मर्यादा विपरीत गरिएको मोदीको भ्रमणबारे एक शब्द नबोल्नु, अतिक्रमित आफ्नो भूभाग फिर्ता लिन पहल नगर्नु, नक्सांकन गरिएका क्षेत्रहरूमा जनगणना नगर्नु र संसदबाट एकमतले अनुमोदित नक्सांकित क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पत्राचार समेत नगर्नु भारतीय शासक वर्गप्रति नेपाल सरकारको लाचारीपन तथा भारत भक्तिको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
-
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग