मक्कामा गरियो प्यालेस्टिनीहरूका लागि प्रार्थना

रियाद । साउदी अरबको सरकारी टिभी च्यानलले मुस्लिमहरूको पवित्र सहर मक्काको हरम शरीफको इमामको भिडियो प्रसारण गरेको छ । यस भिडियोमा नमाजको नेतृत्व गर्ने इमामले प्यालेस्टिनीहरूको सुरक्षाको लागि प्रार्थना गरिरहेको सुन्न सकिन्छ।
इजरायली सेनाले गाजामा जमिनी कारबाही गर्ने तयारी गरिरहेको छ । इजरायलले त्यहाँका मानिसहरूलाई आफ्नो घर छोडेर गाजाको दक्षिणतर्फ जान निर्देशन दिएको छ।
यसैबिच साउदी अरबको सरकारी टिभी च्यानल अल इखबरियाले आफ्नो ट्वीटरमा भिडियो शेयर गरेको हो । यस भिडियो क्लिपमा इमामले अल-अक्सा मस्जिदको मुक्तिको लागि प्रार्थना पनि गरेका छन्।
पूर्वी जेरुसेलममा अवस्थित अल-अक्सा मस्जिद, मक्का र मदिना पछि मुस्लिमहरूको लागि सबैभन्दा पवित्र धार्मिक स्थल हो।प्यालेस्टाइनका मुस्लिमहरूका लागि प्रार्थना गर्दा इमामको आवाजमा पीडा भरिएको सुन्न सकिन्छ। यसपछि उनीहरूले मारिएकाहरूलाई अल्लाहले शहीदको दर्जा दिनु पर्ने भनिरहेका छन् ।
इजरायल र हमासबिचको पछिल्लो द्वन्द्व अघि साउदी अरब र इजरायलबीचको सम्बन्ध सामान्य हुन लागेको थियो । यो हमलापछि अधिकारीहरूले द्वन्द्व रोक्न कूटनीतिक पहल सुरु गरेका छन् । द्वन्द्वपछि साउदी युवराज मोहम्मद बिन सलमानले धेरै क्षेत्रीय शक्तिहरूसँग वार्ता गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल